सकियो सातौं स्टार्टअप्स क्यान इन्फोटेक, ३ करोडको कारोबार भएको आयोजकको दाबी

बुटवल मण्डपमा संचालित सातौं स्टाटअप क्यान इन्फोटेक ३ करोडको आर्थिक कारोबार गर्दै समापन भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासंघ रुपन्देहीको आयोजनामा भएको मेलाको पाैनै २ लाख दर्शकले अबलोकन गरेको आयोजकले बताएका छन् । फाल्गुण २ गतेबाट शुरु भएको क्यान ईन्फोटेकको अन्तिम दिन करिब ७० हजारले अबलोकन गरेको क्यान महासंघ रुपन्देहीले जनाएको छ ।

अन्तिम दिन चारदिनसम्म भएका सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट बनेकाहरुलार्इ नगद,प्रमाणपत्र,शिल्ड ,मेडल लगायतले सम्मान गरिएको थियो त्यस्तै मेला अबधिभर सहयोग पुर्याउने उपसमितिका संयोजक, पदाधिकारी, स्पोन्सरदाताहरु, पत्रकार,सरोकारवालाहरु,स्टलधनी र सहयोगीहरुलार्इ मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको क्यानका सह सचिव सुरेशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्ष नारायण प्रसाद श्रेष्ठका अनुसार ५ दिनसम्म संचालन भएको मेलामा १ सय ३६ स्टल राखिएको थियो । मेलामा कारोबारलाई भन्दा पनि दर्शकलाई कसरी सूचना र प्रविधिका बारेमा जानकारी दिने भनेर स्टल समावेश गरिएको थियो । ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन ,आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल राखिएको थियो ।मेला समापनको अबसरमा बोल्दै क्यान महासंघका केन्द्रिय उपाध्यक्ष नवराज कुंवरले प्रदेश नम्बर ५ लार्इ सूचना प्रबिधिको हबका रुपमा बिकास गर्न क्यान मेलाले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो ।उहांले सूचना प्रबिधिको नजिकमा रहेर काम गर्न सहज र सरल हुने भन्दै प्रबिधिको बिकासमा सबैको सहयोगको खांचो औल्याउनुभयो ।

क्यानका जिल्ला अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी इन्जिनियरिङ कलेजका प्राचार्य एल एन पाण्डे, कालिका माबिका प्राचार्य घनश्याम पाठक लगायतले बोल्दै प्रविधी र सूचनाको यो मेला थप परिस्कृत बनाउदै जानुपर्ने भनाई राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here