नेशनल लाइफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

Wrap-Up: National Life Insurance Annual Business Leaders Conclave
Wrap-Up: National Life Insurance Annual Business Leaders Conclave

 १८ साउन, काठमाडौं ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिम मिति २०७९ मंसिर ७ गते,सुदुर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए ।

कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताए ।

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरेका थिए । भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाज्यूले सहभागि अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरो थिए ।

जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान अवस्थाबारे विवेचनाका साथै आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको खत्रीले बताए ।

कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले केएफए बिजनेश स्कुलका फाउन्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सीईओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here