कमलादीको युनिग्लोबमा कानुन विषयको पढाई सुरु

कमलादी स्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरियो । विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका प्रमुखअतिथि त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता छ भन्दै युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी प्रकट गर्नुभयो र यसका लागिआवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here