नेपालमा पहिलाे पटक सफ्ट्वेयर मिट अप हुदै

Nepal First Software Industry Meetup

नेपालको सुचना प्रविधि तथा सफ्ट्वयर उद्योगले दिनादुदिन आफ्ना पाइलाहरु तिब्र गतीमा चाल्न थालेकोछ । यस उद्योगले नेपाली बजारमा जरा गाड्ने क्रम तिब्र गतिमा बढिरहेको छ जसलाई हामीले चाहेर पनि नकार्न सक्दैनौ । प्रत्यक बर्ष सुचना तथा प्रविधिका क्षेत्रमा दक्षता हाँसील गरेका ब्यक्त्तित्व÷बिद्यार्थीहरु उत्पादन भएपनि उपयुक्त बजार ब्यबस्थापन भने हुन सकेको देखिदैन । सुचना र प्रविधिका क्षेत्रमा नेपाली बजारमा प्रचुर सम्भावना तथा अवसरहरु हुँदाहुदै पनि बिद्यार्थीहरु भने उपयुक्त अवसर खोजि गर्न नसक्दा बजारमा कतै हराइरहेका देखिन्छन् । बिद्यार्थी मात्र नभइ सुचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने उदेश्यले खुलेका नयाँ नयाँ उद्योग धन्दा तथा लगानीकर्ताका बिचमा पनि ठुलै अन्तर भेटिन्छ ।

यस्तो अवस्थालाई मध्यनजार गर्दै नेपालमा पहिलो पटक नेपाल सफ्ट्वेयर मिट अप सञ्चालन हुन गइहरेको छ जसले नेपालमा सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने हरेक निकाय तथा ब्यत्तित्व बिचमा रहेको अन्तरलाइ हटाउने पुलको रुपमा काम गर्ने लक्ष्य राखेको छ । कार्यक्रम नेपाली सफ्ट्वयर उद्योगमा भएका चुनौती तथा अवसरहरुका बारेमा केन्द्रित रहने छ । कार्यक्रममा नेपाली आइटी क्षेत्रसँग सम्बन्धित सम्पुर्ण ब्यक्त्तित्वहरुलाई समावेस गरिनेछ । कार्यक्रममा विभिन्न ब्यक्त्तित्वहरुले आफ्ना अनुभव, अवसर, चुनौती क्षमता तथा दक्षताका बिषयमा जानकारीहरु एकआपसमा बाढ्नेछन् जसले बजारको वर्तमान अवस्था बारेमा जानकार बनाउनुका साथै सम्बन्ध बिस्तारमा सहयोग पु¥याउने छ । साथै नयाँ ब्यवसायी तथा बिद्यार्थीहरुले दिगजको अनुभवबाट आफुले गर्नलागेको कामप्रति थप तयारी गर्ने र आफुलाई निखार्ने अवसर प्राप्त गर्नेछन् । यस कार्यक्रम हरेक महिना सञ्चालन गर्ने तथा त्यसबाट आएको नतिजा नेपाल सरकारलाई बुझाउने योजना रहेको छ ।

यस कार्यक्रमको मुख्य उदेश्य भनेको नेपालको सुचना प्रविधि तथा सफ्ट्वयर उद्योगमा देखिएका विभिन्न मुदा तथा विषयहरु माथि छलफल गर्ने तथा समाधानको उपाय खोज्ने जसले नेपालको सुचना प्रविधि तथा सफ्ट्वयर उद्योगलाई बढावा दिन मदत गर्नेछ । यस कार्यक्रमलाई आईसिटी फ्रेम अनलाइन म्यागाजीनले आयोजना गरेको हो भने कार्यक्रमलाई एनपीसर्ट, नेसनल आईसिटी काउनसिल, सिएसआरअइ नेपाल, वान कभर प्रा.ली, टेकशाथी टेक पोर्टल र टेकपात्रो टेक पोर्टलले सहयोग गरेको छ ।

कार्यक्रम स्थानः सफ्ट्वारीका कलेज अफ आईटी एन्ड ई—कमर्स (ब्लक सी)
समयः बिहान ११ बजे देखि १ बजे सम्म 
मितीः २६ अप्रिल २०१९, शुक्रबार

For more Information: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here