टेलिकमको आईसीटी डे अफर , ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस

nepal-telecom-launches-national-ict-day-offer

१७ वैशाख, काठमाडौँ। 

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा आफ्ना ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ ।

उक्त अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आज (२०८० बैशाख १७) देखि प्रारम्भ भएर बैशाख १९ सम्म लागु हुनेछ ।

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डेटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here