महालक्ष्मी विकास बैंकद्वारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
८ मंसिर, काठमाडौं।
सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विध्यार्थी छात्रवृत्ति प्रदान गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विध्यार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर- १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो ।
यस प्रकारको छात्रवृत्तिको रकम रु. ५०,००० रहेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक ज्यूले विद्यालयका प्रधानाध्यापक ज्यू मार्फत प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरूलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौँ, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।
For More: Mahalaxmi Bikas Bank Distributes



