रक्षामन्त्री र महावीर पुनबीच छलफल, साँझ औपचारिक वार्ता

१७ वैशाख, काठमाडौँ।

सरकारले माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग छलफल गरेको छ।

उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ ।

उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनलगायतबीच सिंहदरबारमा आज दिउँसो रक्षा मन्त्रालयमा  छलफल भएको थियो।

छलफलपछि महावीर पुनले पत्रकारहरूसँग कुराकानी गर्दै आफूले उठाइरहेका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको प्रतिक्रिया दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here