विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका लागि राष्ट्र बैंकको प्रभातफेरी

Share It On:

१७ वैशाख, काठमाडौँ। 

नेपाल राष्ट्र बैंकले काठमाडौँमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ कार्यक्रम आयोजना गरेको छ ।

‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ नाम दिइएको उक्त कार्यक्रमको उद्देश्य विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ नामक उक्त कार्यक्रमको उद्देश्य विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने रहेको बैंकले जनाएको छ।

गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरेका थिए ।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिद गेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर  समापन भएको थियो ।

कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारी सहित छ सयभन्दा बढीको सहभागिता थियो ।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष’ को रूपमा मनाउने घोषणा गरिएको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts