सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर बितरण

Share It On:

५ जेठ, काठमाडौं । 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युरिफायर (Water purifier) प्रदान गरेको छ ।

जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युरिफायर बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पु¥याउने क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटाले बताए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

यसै हप्ता सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *