रिभरसङको नयाँ इयरबड ‘एयरफ्लाई एल३’ नेपाली बजारमा

New Riversong Earbuds in Market

५ जेठ, काठमाडौं ।

नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हासिल गर्न सफल ब्राण्ड रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ।

मोबाईल एक्सेसोरिज् तथा वेयरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेशनल प्रा. लि.ले आफ्नो रिभरसङको नयाँ एयरफ्ल्ई एल ३ नामक ईयरबड ल्याएको छ।

यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ले तपाँईलाई प्रत्येक साउण्डमा उत्साहित बनाउनेछ।

एयरफ्लाई एल ३ #AirflyL3 को साथमा प्रत्येक बीटको उत्कृष्ट रूपमा आनन्द लिनुहोस् जुन भित्री चार्जर र आक्रामक मूल्यको साथ अद्वितीय डिजाइनको साथ आउँछ।

यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुबिधा रहेको छ।

यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ जसले तपाईँको कमाण्डको आधारमा मनपर्ने कार्य गर्न सकिन्छ।

ब्लुटुथ: ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुनसक्दछ।

एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ। जसले ५ घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ।

टाइप-सी चार्जिङ इन्टरफेस भएको यो ईयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो। जसमा १ वर्षको वारेन्टी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here