जलजला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको समुद्घाटन

Jaljala Multiple Campus Inauguration Program

७ जेठ, काठमाडौं । 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यू तथा पदाधिकारीज्यूहरु सम्मिलित संयुक्त टोलीद्वारा जलजला बहुमुखी क्याम्पस, रोल्पा भ्रमण गरी अनुगमन तथा अन्तरक्रिया गर्नुभएको छ ।

साथै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले सोहि दिन जलजला बहुमुखी क्याम्पस, रोल्पाको नवनिर्मित भवनको शिलालेख अनावरण गरी समुद्घाटन समेत गर्नु भएको छ ।

जलजला बहुमुखी क्याम्पसद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यू हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता क्याम्पसका क्याम्पस प्रमुख खिम बहादुर खड्का छेत्रीज्यूले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यू र रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिज्यू उपस्थित हुनुहुन्थ्यो ।

त्यसै गरी कार्यक्रममा अथितिको रुपमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा. डा. विमल कुमार लाल कर्णज्यू, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा. डा. लिलाधर तिवारीज्यू र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा. डा. सुदीप ठकुरीज्यू, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यू, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेलज्यू, प्राचार्य उप-प्रा. जसबिर रोकाज्यू, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारी हुनुहुन्थ्यो भने रोल्पा नगरपालिका वडा नं २ का अध्यक्ष प्रकाश डाँगीज्यू, रोल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि, गैसस महासंघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, बुद्दिजिवी, शिक्षा प्रेमी महानुभाव लगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा. डा. सिंहज्यूले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राख्नु भएको गुनासा तथा समस्याहरुको सम्बोधन गर्नुभएको थियो ।

साथै उपकुलपतिज्यूले जलजला बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुले आ-आफ्नो स्थान बाट इमान्दारिताका साथ् लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपतिज्यू सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले क्याम्पसको भवन, लाइब्रेरी, शौचालय लगायत समग्र क्याम्पसको अवस्था बारे अनुगमन गर्नुभएको थियो ।

अनुगमनको क्रममा देखिएका कमी-कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने गरी उपकुलपतिज्यूले निर्देशन दिनुभएको थियो ।

विश्वविद्यालयको नियमित कार्यक्रमको रुपमा सम्पूर्ण आंगिक क्याम्पसहरुको अनुगमन भ्रमण गर्ने योजना अनुरुप यस पटक मिति २०८० जेष्ठ १ देखि ४ गते सम्म संचालित भेरी बहुमुखी क्याम्पस, गुमी; भेरी ज्ञानोद्दय बहुमुखी क्याम्पस, जाजरकोट; मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम र जलजला बहुमुखी क्याम्पस, रोल्पाको अनुगमन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

यस भ्रमण पश्चात प्राप्त सुझाव एवं तथ्यगत अवलोकनको आधारमा सम्बन्धित क्याम्पसहरुमा गर्नुपर्ने आवश्यक सुधार एवं बिबिध शैक्षिक गतिविधिहरु संचालन गरिनेछ साथै क्याम्पस तहका भावी विकास निर्माणका योजना समेत तर्जुमा गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here