नबिल बैंक भिसा इन्टरनेसनलको दुई विधाका अवार्डद्वारा सम्मानित | Nabil Bank
९ मंसिर, काठमाडौं।
नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने दुई महत्त्वपूर्ण विधाका अवार्ड जित्न सफल भएको छ ।
काठमाडौंस्थित मेरियट होटेलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकले एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड प्राप्त गरेको हो ।
विगतका वर्षहरूमा पनि यी विधाहरूमा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।
अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ग्राहकवर्गको सुविधा र सहजतालाई प्राथमिकतामा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप ऊर्जा मिलेको बताए ।
उनले भने, “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ ।”
नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा कार्ड प्रदायक संस्था भिसा इन्टरनेसनलले महत्त्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ । भिसाले नेपालमा बर्सेनि भिसा लिडरसिप कन्क्लेभ (VISA LEADERSHIP CONCLAVE) आयोजना तथा समापन गर्दै आएको छ ।
चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरिसकेको नबिल बैंकले प्रविधि र नवीन सेवामार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ ।
ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अघि बढाएको छ । हाल नबिल बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
For more: Nabil Bank wins Visa International awards



