बुधवार ‘सेल्फी विथ डटर’ दिवस मनाइदै, १०००  बढीले पठाए सेल्फी 

Hon’ble former Minister Juli Kumari Mahato
Share It On:

२५ जेठ, २०७८ काठमाडौं ।

बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डर्टर्स’ अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम मार्फत समापन गरिने भएको छ । ‘सेल्फी विथ डर्टर्स’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विगत केहि वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले भारतिय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला शसत्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म सहित ‘सेल्फी विथ डर्टर्स’ को कार्यक्रम नेपालमा पनि सञ्चालन गरेको थियो ।

नेपालमा संचालित एक महिनाको अभियानमा १००० बढिले ‘सहित ‘सेल्फी विथ डर्टर्स’ पठाएका थिए । बुधवार कार्यक्रममा उत्कृस्ट सेल्फी विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र  ५ हजार १ सय को पुरस्कार प्रदान गरिने भएको छ ।

बुधवार आयोजना हुने कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह बिशेष अतिथिको रुपमा उपस्थिति रहनेछ भने नेपाल सरकारका पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि जुली कुमारी महतोले बिशेष सम्बोधन गर्नुहनेछ ।

भारतका सुनिल जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ । नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैङ्गिक समानताको हिसावले हेर्न र सोहि किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष बिक्रम श्रेष्ठले बताए । १ महिना अघि मे ९ तारिखदेखि नेपालमा सुरु भएको ‘सेल्फी विथ डर्टर्स’ अभियान एकदमै लोकप्रिय भइरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार झन्डै ५ करोडले ‘सेल्फी विथ डर्टर्स’ को टिकटक हेरिएको छ ।

यस अभियानलाई नेपालका जनताले धेरै मन पराएको र यो अभियानले महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गर्ने हाम्रो बिश्वास रहेको ‘सेल्फी विथ डर्टर्स’का सस्थापक सुनील जगलानले बताए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *