खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा लोड गर्ने झन्झटबाट मुक्ति साथै रू १०० बोनस पनि

Bank link Khalti
Share It On:

२५ जेठ, २०७८ काठमाडौं ।

खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा रू १०० बोनस रकम पाउने अफर ल्याएको छ। जोकोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको हो।

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा रू. १०० प्राप्त सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ। यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केहि सेकेण्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झटरहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिन्छ।

उक्त अफर को सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक, श्री शिरिष श्रेष्ठले बताउनुभयो “हामीले महामारीलाई मध्यनजर गरी यो सहज सेवा को प्रयोगको लागि प्रोत्साहित गर्न बोनस अफर ल्याएका हौँ। खल्ती सँग बैंक लिंक गरे पश्चा ग्राहकहरुले घरिघरि लोड गर्न पर्ने झन्झट बाट मुक्त हुनेछन् र भुक्तानी को साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर गर्न सक्नेछन्। यो हाम्रा प्रयोग गर्दै आएका ग्राहक हरुको सबै भन्दा मनपरेको भुक्तानी सहज गर्ने सेवा हो”।

आफ्नो बैंक अकाउन्ट खल्ती सँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ। यसका लागि खल्ती को होम स्क्रिनमा देखाइएको “लिंक बैंक नाउ” मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ। त्यसपश्चात आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिचेपछि रजिस्टर गरिएको मोबाइल मा ओटिपी पासवोर्ड पाइन्छ। उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक सफलतापूर्वक गर्न सकिन्छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *