प्रभु इन्सुरेन्सले पेश गर्यो स्पष्टीकरण, सेयर कारोबार फुकुवा

Share Trading of PRIN Resumes After NEPSE's Approval
Share Trading of PRIN Resumes After NEPSE's Approval

८ साउन, काठमाडौं ।

नेप्सेलाई प्रभु इन्स्योरेन्स कम्पनीमा स्पष्टीकरण पेश गरेको छ।कम्पनीले स्पष्टीकरण बुझाएसँगै नेप्सेले यस इन्सुरेन्सको कारोबार फुकुवा गरेको हो । हकप्रद सम्बन्धी प्रस्ताव यस कम्पनीलृ सर्वप्रथम नेपाल बिमा प्राधिकरण समक्ष सैद्धान्तिक स्वीकृति लिनको लागि पेश गरेको बताएको छ ।

उक्त प्रस्ताव स्वीकृतिका लागि मात्र निवेदन पेश भएको र हकप्रद निष्कासनको अन्तिम अधिकार प्राधिकरणमा निहित रहेकोले स्वीकृति प्राप्त हुने वा नहुने भन्ने अन्योल हुँदा पहिला बिमा प्राधिकरणमा सो सूचना पठाएको कम्पनीले जनाएको छ ।

आगामी दिन यस्तो गल्ती नगर्न सचेत गराउदै नेप्सेले यसको कारोबार फुकुवा गरेको हो । प्रभुले अघिल्लो असार ३२ गते अजोड इन्सुरेन्ससँग मर्जरका लागि सम्झौता गरेपनि अन्तिम समयमा आएर रद्द भएको थियो ।

मर्जर तोडिएपछि प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन । बिमा प्रधिकरणले तोकेको साढे २ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याउनलाई यसले हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here