कर्तव्यनिष्ठ भएर काम गर्न भैरहवा भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

Finance Minister instructs customs officials to work honestly
Finance Minister instructs customs officials to work honestly

८ साउन, काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाकाबाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन् ।’

सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा हामीले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको मन्त्री डा. महतको भनाइ छ ।

‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा. महतले भने, ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’

‘काम गर्न मन लागेको छैन, मन नलागी काम गरियो भने त्यसबाट परिणाम आउँदैन । जसले जहाँ जिम्मेवारी पाएको छ, उसले पूर्ण समर्पणका साथ काम गर्यो भने मात्र परिणाम आउँछ । मैले तपाईंहरुबाट यही आशा गरेको छु मन्त्री डा. महतले भने ।

उनले भने, ‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ । सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थमन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’

यहाँका आवश्यकताका बारे पनि त्यत्तिकै गम्भीर रहेको भन्दै मन्त्री डा. महतले भने, ‘यसबारे अर्थमन्त्रालय गम्भीर छ । संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाँधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामाग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गर्छु ।’

यहाँ ल्याइएको मेसिन प्रयोग नभएको कुरा पनि आएको छ । हामीले मेसिन चलाउन जानेनौं भनेर प्रयोग नभएको बताइन्छ । त्यसकारण यो प्रवृत्ति पनि गलत रहेको मन्त्री डा. महतले औंल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here