चेन्नई सुपर किंग्सद्वारा कोलकाता ३२ रनले पराजित, अंक तालिकामा आठौँ स्थानमा उक्लियो
२ वैशाख , काठमाडौँ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।
मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो ।
चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए ।
आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।
१९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६० रनमात्र बनाउन सक्यो । ५ खेलमा दोस्रो जित हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिएर आठौँमा पुगेको छ ।
For more: Sanju Samson Shines CSK Beat


