स्वास्थ्य शिक्षालाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : शिक्षाविद् प्राडा राम प्रसाद दाहाल
२ वैशाख , काठमाडौँ।
शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान सरकारले शिक्षालाई राजनीतिबाट टाडा राख्न सुझाव दिएका छन् । उनले शिक्षालाई प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थिति अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘वर्तमान सरकारले शिक्षालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ । प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थितिअनुसारको शिक्षा ल्याउन सक्नुपर्छ । त्यस्तो शिक्षाले मात्र समाज बन्छ ।’
कतिपय देशमा शिक्षा–स्वास्थ्य निःशुल्क गरेकाले नेपालमा पनि विद्यालय शिक्षा निःशुल्क गर्नुपर्नेमा उनको जोड छ ।
उनका अनुसार सरकारले निःशुल्क शिक्षाको अवधारणा अनुसार काम गर्नुपर्ने औल्याउँदै भावी दिनमा कुशल, आदर्शवान र चरित्रवान शिक्षकको रुपमा जन्मिने वातावरण बनाउनुपर्ने पनि बताए ।
प्राडा दाहालले भने,‘शिक्षाका सम्बन्धमा संविधानभित्र नमिल्दो छ भने मिलाउपर्छ । मापदण्ड वा योग्यताको आधारमा नियुक्ति गर्ने, क्षमतालाई प्रोत्साहन दिनेगरी काम गर्नुपर्छ,’ उनले अगाडि भने,‘ शिक्षा शिक्षाकै रूपमा विकास हुनुपर्छ ।
त्यहाँ राजनीति विस्तार वा राजनीति मिसिएर आउनु हुँदैन । शिक्षा राजनीति भन्दा बाहिरै हुनुपर्छ ।’
नेपालमा एउटाले खारेज गर्ने, अर्काले हडताल वा बन्द गर्ने परिपाटी मौल्याएको बताउँदै उनले भने,‘शिक्षाको मन्दिर यस्तो पवित्र बनाउनुपर्यो कि सबैको एउटै कर्तव्य र दायित्व बनाएर लैजानुपर्छ ।’
प्राडा दाहालले वर्तमान सरकारले राजनीतिलाई पाँच वर्षसम्म चलाउन गुरुमन्त्र लिनुपर्ने बताए । उनले जनताले विश्वास सरकार भएकाले काम गर्ने अवसर पर्याप्त पाएको दाबी गरे ।
उनले भने, ‘हालको सरकार दुई तिहाइ नजिक छ । अब स्थिर हुनुपर्यो । उहाँहरु आफैं बीचमा झगडा, मनमुटाब र म ठूलो भनेर झगडा गर्नु थाल्नु भएन् । जनमत फेरि विगारनु हुँदैन ।
अहमबाट मुक्ति लिएर, जनताका सेवक हौँ भन्ने भावनाको विकास हुनुपर्छ । मिलेर पाँच वर्ष जानुपर्छ । गुरुमन्त्रले लिएर अगाडि बढ्नुपर्छ ।’
उनका अनुसार आशावादी मत ल्याउने सरकारले मान्छेलाई समेटेर, आग्रह–पूवाग्रह नहेरेर संमग्र नेपाललाई उत्थान गर्छु भनेर अगाडि बढ्ने प्रतिबद्धता राख्नुपर्छ । जनताले पनि साथ दिन्छन् ।
उनले दुर्गम र विकट स्थानमा पाठ्य पुस्तक पुर्याउन सबै तहका कर्मचारी र सम्बन्धित व्यक्तिहरु परिचालित हुनुपर्ने सुझाव दिए।
उनले भने, ‘प्रत्येक बर्ष सेसन सुरु हुन्छ भन्ने थाहा पाउने बित्तिकै दुर्गम र विकट पुस्तक पुर्याउन सबै कर्मचारी संयन्त्र र सरकार लाग्नुपर्छ । हालै भएको निर्वाचनमा करोड मतपत्र तत्कालै पुग्यो र चुनाव सम्पन्न भएको उदाहरण हामीसामू छ ।’
सरकार अल्पकालीन र दिर्घकालीन दुबै तरीकाले अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘अहिले दुई किसिमबाट सरकार जानुपर्छ–एउटा अल्पकालीन रुपमा । त्यस अन्तर्गत तत्कालिन राहत उपलब्ध गराउनेगरी अगाडि बढ्नुपर्छ । अर्को भनेको दिर्घकालीन अगाडि बढ्नुपर्छ ।
१० वा २० वर्षपछि रिजल्ट निकाल्ने निकाल्नेगरी रणनीति बनाउनुपर्छ ।’
उनका अनुसार देशको अभिभावक भनेको सरकार भएकाले सबै मन्त्रालय वा निकायहरुले छलफल, विचार–विमर्स गरेर बुद्धी पुर्याएर काम गर्नुपर्छ । नेपाल जति सुन्दर विश्वमै अरु देश नभएकाले नेपाललाई समृद्ध गर्नलाई समय धेरै नलाग्ने उनको जिकिर थियो ।
For more: Health Education Must Remain Independent from Politics


