सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

Sanima Bank Partners Nepal
Share It On:

११ असार, काठमाडौं।

सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई NCHL नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झट रहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए. टि. एम. सञ्जाल रहेका छन् ।

For more details: Sanima Bank Partners Nepal Clearing


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *