सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

sanima blood donation

२२ मंसिर २०७८, काठमाडौं ।

सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल र तिनकुनेको कान्तिपुर अस्पताल प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता थियो। मंगलबार बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here