सानिमा बैंकले omni च्यानलबाट डिजिटल बैंकिङ्गको सुरुवात

Sanima Digital Banking

१६, पुस २०७७, काठमाडौं ।

सानिमा बैंक omni च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले २०७७ पौष १६ गतेदेखि आप्mनो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) upgrade गरेको हो । सानिमा बैंकको सम्पूर्ण डिजिटल बंैकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा web browser मा चल्ने हँुदा mobile phone, tablet र laptop/computer बाट पनि चलाउन सकिन्छ ।

नयाँ version को साथमा, सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् । साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, QR code बाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here