एकिकृत सुचना प्रणालीमा ध्यान दिनुपर्ने, माधब कुमार नेपाल

Role of Digital Governance in Public Service Delivery During and Beyond Pandemic

आईतबार, जेठ ११, २०७७

आइ. टी. टिचर्स एसोसियसन नेपालको आयोजनामा “Role of Digital Governance in Public Service Delivery During and Beyond Pandemic” बिषयेक Webinar सम्पन्न भएको थियो। पूर्व प्रधानमंत्री एबम नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधब कुमार नेपालको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजकका तर्फबाट स्वागत मन्तब्य राख्दै नेपाल बैंकका सुचना प्रबिधि उपप्रबन्धक तथा अमृत बिज्ञान क्याम्पसका भिजिटिंग लेक्चरर नरेन्द्र बोहराले मुलुकमा भएको Digital Governance को बिकास, यसको बर्तमान अवस्था, यसको कार्यान्वयन एबम बर्तमान अवस्था र हुनुपर्ने अवस्था को फरक तथा तथा आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा कार्यक्रमले दिने निष्कर्ष हरु राज्यको नीति निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण हुनसक्ने बिचार ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सह प्राध्यापक डा. गजेन्द्र शर्मा, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. मनिष पोख्रेल, इन्जिनियरिङ पुल्चोक संस्थान पुल्चोकका प्राध्यापक डा. सुबर्ण शाक्यले लिखित प्रस्तुति दिनु भएको थियो।

पूर्व प्रधानमंत्री एबम नेपाल कम्युनिष्ट पार्टी का बरिष्ठ नेता माधब कुमार नेपाल, पूर्व संचार मंत्री तथा नेपाली कांग्रेस का नेता डा. मिनेन्द्र रिजाल, पुर्व मन्त्रि ई. गणेश शाह, संघीय संसदका सदस्य डा. बिन्दा पाण्डे, नेपाल खुला विश्वविद्यालयका उप-कुलपति प्रा डा.लेखनाथ शर्मा, सुदुर पश्चिम विश्वविद्यालयका उप-कुलपति प्रा.डा.अम्मराज जोशी, त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. शिब लाल भुसाल ले पनि आफ्ना धारणा राख्नुभएको थियो।

विभिन्न विश्वविद्यालय तथा क्याम्पसका प्राध्यापकहरु, देश तथा मुलुक बाहिरका रिसर्चरहरु लगायत करिव १०० जना बिज्ञहरुको सहभागिता भएको थियो।

झन्डै ३ घण्टा सम्म चलेको उक्त अन्तरक्रियात्मक कार्यक्रम काठमाडौँ इन्जिनियरिंग कलेजका सहप्राध्यापक महेश सिंह कठायतले मोडरेशन गर्नुभएको हो।

विद्युतीय सुशासन  राज्यका नीतिहरु देखिने गरेको भए पनि सुचना प्रबिधि को बिकास Scattered रुपमा मात्र भएको र एकीकृत रुपमा हुननसक्दा यस क्षेत्रमा अपेक्षित बिकाश हुन नसकेको र यसको माध्यमबाट देशमा पारदर्शिता, कार्यक्षमतामा बृद्दि, कार्यदक्ष्यतामा  सुधार तथा गरिबी निवारणमा समेत सहयोग पुग्नेमा सबै सहभागीहरुको राय मिल्न गएको छ।

कार्यक्रमा पूर्व प्रधानमन्त्री नेपालले एकिकृत सुचना प्रणाली नहुदा राज्यले प्रदान गर्नुपर्ने सुबिधा प्रभाबकारी हुन नसकेको बताउदै आफ्नो नागरिक पहिचान तथा वास्तविक गरिब पहिचान गर्न नसक्दा राहत तथा सहुलियत प्रदान गर्ने कुरामा अप्ठ्यारो परेको हुदाँ अब एकिकृत सुचना प्रणाली र नलेज बेस्ड टेक्नोलोजी तिर सबैको ध्यान जानु पर्ने कुरामा जोड गर्नु भयो।

कार्यक्रमा पूर्व मन्त्रि डा. मिनेन्द्र रिजालले अहिले स्थानीयतहको क्षमता बृद्दि गर्नुपर्ने कुरामा जोड गर्नु हुदै स्थानीय दुर संचार विकास कोष सुचना प्रबिधिमा लगानी गर्नुपर्ने धारणा राख्नु भयो। गाउँ गाउँमा सरकार पुर्याउन विद्युतीय सुशासनको महत्वपुर्ण भूमिका रहने जनाउदै आफुले सक्दो सहयोग गर्ने समेत प्रतिबद्दता ब्यक्त गर्नु भयो।

पूर्व मन्त्रि इ. गणेश शाहले  विद्युतीय सुशासन कार्यान्वयन गर्नको लागी connectivity and devices को उपलब्धता, उपेक्षित र पछाडी परेका बर्गको  पहुँच,बहन गर्ने क्षमतामा ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो। संघीय संसदका सदस्य डा. बिन्दा पाण्डेले विद्युतीय सुशासन कार्यान्वयनमा राजनीतिक प्रतिबद्दता जरुरि रहेको जनाउंदै आ-आफ्नो दलभित्र छलफलको बिषयको रुपमा प्रवेश गराउनु पर्ने कुरामा जोड दिनु भयो।

विद्युतीय सुशासन बिकाश र कार्यान्वयनको लागी राजनीतिक प्रतिबद्दता आवश्यक रहेको, कानुनी प्राबधानहरु आवश्यकता अनुसार विद्युतीय सुशासन अनुकुल बनाउनु पर्ने, डाटाको सुरक्षामा ध्यान दिनुपर्ने, अबको भबिष्य इ-लर्निंग नै रहेको, शैक्षिक संस्थाहरु, उद्योग र राजनीति दलहरुबीच सहकार्य आवश्यक रहेको, विद्युतीय सुशासनको लागी चाहिने पूर्वाधार एबम कनेक्टीभिटी को बिकाश र सुधार गर्नु पर्ने  पर्ने कुरामा सबैको एकमत एकमत रेहको थियो।

कार्यक्रमको अन्तिममा अमृत बिज्ञान क्याम्पसका भिजिटिंग लेक्चरर सुर्य बस्नेतले सहभागी सबैमा धन्यबाद ज्ञापन एबम समापन गर्नु भएको थियो।

Watch the Video: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here