आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रो लाई उछिन्दै रियलमी जिटी नियो २ DXOMARK ब्याट्री टेष्ट को दोस्रो स्थानमा

Realme GT NEO 2 ranked

३ पुस  २०७८, काठमाडौं ।

रियलमी जिटी नियो २  ले DXOMARK ब्याट्री टेष्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा रही बलियो उपस्थिति जनाएको छ ।

यो परिक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रो लाई  रियलमी जिटी नियो २ पछि पार्न सफल भएको छ । स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने DXOMARK अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो ।

रियलमी जिटी नियो २  लाई तीनवटा परिक्षणहरुमा मापन गरिएको थियो र यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो ।

अटोनोमी (Autonomy) मा प्रथम (कति समय ब्याट्री टिक्छ वा “ब्याट्री लाइफ”),चार्जिङ मा उत्कृष्ट तीन (चार्ज हुन कति समय लाग्छ) र ईफिसियन्सी (Efficiency) मा उत्कृष्ट दुई (चार्ज वा डिस्चार्ज हुँदा फोनले कति पावर खान्छ) ।

DXOMARK रिपोर्टको लागि यहाँ हेर्नुहोस् र थप जानकारीको लागि https://www.realme.com/global/

रियलमीको बारेमा:

रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र AIoT बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ ।

यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।

२०१८ मा “Dare to Leap” को नारा सहित ‘स्काइ ली’ ले स्थापना गर्नुभएका रियलमीे विश्वको छैठौं ठूलो स्मार्टफोन कम्पनी हो र विश्वको १८ वटा बजारमा दुई वर्ष भित्र नै उत्कृष्ट ५ स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ ।

थप जानकारीका लागि कृपया www.realme.com/global  मा हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here