नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

Nepal Tourism Board
Share It On:

३ बैशाख, काठमाण्डौं।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन हुनुभएको छ ।

पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतवार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो ।

गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो ।

बोर्ड सदस्यको नियुक्तिसंगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष तथा मनोनित सदस्यहरु मध्यबाट बोर्डको सदस्यहरुले छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।

ऐनमा बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा पर्यटन प्रर्वद्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट सरकारले मनोनीत गरेका ५ जना सदस्य र अर्थ मन्त्रालयको सहसचिव, अध्यागमन कार्यालय तथा नेपाल नागरिक उडड्यन प्राधिकरणको महानिर्देशक सहित ११ जनाको कार्यकारी समित समिति हुने व्यवस्था छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *