डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ: प्रधानमन्त्री

PM Digital Literacy in Schools

श्रावण ६, काठमाडौं।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ।

शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित “आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव” विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

अन्तरक्रियामा प्रधानमन्त्रीले भन्नुभयो, “आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरूपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ।”

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

नेपालको संविधानमा व्यवस्था भएअनुरुप नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने प्रमुख जिम्मेवारी पाएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा आयोजित यस साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ।यो महत्त्वपूर्ण, संवेदनशील र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयप्रति धन्यवाद व्यक्त गर्दछु।

सूचना प्रविधिको प्रयोग आम नागरिकको दैनिकी बनिसकेको छ। आधुनिकीकरण, विश्वव्यापीकरण र नेटवर्कमा आधारित कम्प्युटर सञ्जालीकरणले राष्ट्रिय सुरक्षाको गहनता, चासो र क्षेत्र दिन प्रतिदिन फराकिलो बन्दै गएको छ।

राष्ट्रिय सुरक्षा आन्तरिक रूपमा शान्ति सुरक्षा अमनचयन, नागरिक सुरक्षा र बाह्य रूपमा देशको भौगोलिक सीमा सुरक्षासँग प्रत्यक्ष रुपमा जोडिएको विषय हो।

राज्यकेन्द्रित सुरक्षा अहिले नागरिक केन्द्रित बन्दै गएपछि सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता र भौगोलिक अखण्डता सँगसँगै राष्ट्रिय सूचना र नागरिक सुरक्षाका विषय पनि महत्त्वपूर्ण बनेका छन्।

डिजिटल आक्रमण, साइबर अपराध, साइबर वारले गर्दा राष्ट्रिय सूचनाको संरक्षण, तथा व्यक्तिगत गोपनीयताको संरक्षणमा जटिलता बढ्दै गएको छ।

यसबाट राष्ट्रिय सुरक्षा र अपराध अनुसन्धान लगायतका संवेदनशील विषयमा पनि चुनौती थपिएको स्थिति छ। राष्ट्रिय र सामरिक महत्त्वका सूचनाका अतिरिक्त अन्य सूचनाहरू चोरी गर्ने, ह्याक गर्ने तथा देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर आक्रमण, साइबर र्‍यानसम आजको डिजिटल युगले ल्याएको नयाँ परिस्थिति पनि राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट चुनौतीपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here