सनराइज बैंकको ४८ औं शाखा रहित बैंकिङ्ग सेवा चितवनमा

Opening of 48th Branchless Banking At Chitwan
Share It On:

माघ २८ २०७६ , काठमाडौं ।

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष  टिकाराम तिमिल्सिना र  बल कुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो ।

सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप-प्रमुख श्रीमती सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि धुर्व कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन गरियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाइएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *