एनसेल मार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य सेवा दिने

Ncell Serving Microsoft's Cloud Service In Nepal
Share It On:

काठमाडौं, माघ २९

एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गत काक्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसन सँग सहकार्य गरेको छ ।

गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढि प्रतिनिधी तथा अधिकारीहरुका माझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्ट सँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेश गरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टि फाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्नेछ ।

अफिस थ्रिसिक्स्टि फाइभ क्लाउडमा आधारित एक सेवाहो जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्दछ र कार्यलयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारी रुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजनाहरु बनाई प्रशासनिक कामहरुमा लाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढि समय अझ नवीन कार्यहरुमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् ।

त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवाहो । यो सेवा प्रयोग गर्ने कम्पनीकाआईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मन पर्ने उपकरण र फ्रेम वर्कहरु प्रयोग गरी व्यापक रुपमा परिचालन गर्न सक्छन् ।

त्यस्तै कार्यलय भित्र एकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलय भित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलय माफाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ ।

उक्त कार्यक्रममा आमन्त्रितहरुलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने प्रद्धति व्यापक रुपमा परिवर्तन भईरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यलय भवनमा मात्र सिमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तिब्र रुपमा विकास भईरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरुका लाति एक रणनीतिक बजार हो ।”

“नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवाप्रदान गर्ने गरी एनसेल सँग सहकार्य थालिएको हो,” दक्षिण एसियाका लागि माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्हफामले भने । “शुरुवातको चरणमा क्लाउड सेवा साना तथा मझौला उद्यम, व्यवसायहरु लगायतका क्लाइन्टहरुलाई दिनेछौं । यो सहकार्यले नेपालको डिजीटल ईकोसिस्टम विकासमा योगदान पुर्याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमा पाउँनेछन् ।”

यस रणनीतिक सहकार्य पश्चात ग्राहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र सफ्टवेयर प्रविधिहरुमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरु लिन सक्नेछन् । यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउँन योगदान गर्नेछ । विभिन्न डिभाइसहरुको प्रयोग मार्फत यी टुल्स्ले कम्पनी, समुह र व्यक्तिहरुलाई रियल टाइममा समन्व य गर्दै तदारुकताका साथ कार्यहरु गर्न सहजीकरण गर्दछ ।

विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्स्तरको कनेक्टिभीटी र डिजीटाईजेसनको लाभ प्रदान गर्ने कम्पनीको प्रतिवद्धता बमोजिम एनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो । यी सेवाहरुले नेपालका साना तथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्य प्राप्ति गर्न सहगोग पुर्याउने विश्वास लिईएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts