‘बालबालिकाका लागि सुरक्षित र सकारात्मक इन्टरनेटमा जोड दिन आवश्यक’

child safer day celebration nepal

फागुन १, काठमाडौं ।

विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘राम्रो इन्टरनेटका लागि एकता’ भन्ने नाराका साथ बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्न तथा यस सम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्न यो दिवस वर्षेनि मनाउँदै आइएको छ ।

यसैबीच सुरक्षित इन्टरनेट दिवस २०२० को अवसरमा मंगलबार राजधानीको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा एक कार्यक्रम आयोजना गरिएको छ । साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील संस्थाहरु एनपी सर्टसिएसआरआई नेपाल को संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बालबालिकाहरुका लागि कसरी इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित र सकारात्मक प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विषयविज्ञहरुले सहभागी विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।

यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी डेपुटी डाइरेक्टर रोजा किरण बासुकलाले पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालबाट बाल दुव्र्यवहार र जोखिम बढिरहेको चर्चा गर्दै यसतर्फ बेलैमा सचेत हुुनुपर्ने धारणा राखिन् । अनलाइन खेलको लतदेखि अश्लील सामाग्रीसम्म बालबालिकहरुको नजर परिरहेको बताउँदै उनले यस्ता क्रियाकलापले साइबर अपराधको जोखिम निम्तिन सक्ने विचार राखिन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जाल र इमेलका पासवर्ड कसैलाई पनि नदिने, सवंदेदनशील फोटो र सामाग्री सेयर नगर्ने, एउटै पासवर्ड धेरै ठाउँमा नराख्ने र कसैले अश्लील सामाग्री पठाएमा त्यसलाई तुरुन्त प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिने गर्नुपर्छ ।’

सो अवसरमा साइबर सुरक्षा अनुसन्धानविद् ऋषभ पण्डितले बालबालिकाहले सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न नजान्दा आउने समस्याहरुको चर्चा गर्दै बच्ने उपायहरुको जानकारी दिए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुद्धकुमार डंगोलले बालबालिकाहरुले इन्टरनेट चलाउँदा धेरै ठाउँमा फस्न सकिने डर रहेको भन्दै विद्यालय, अभिभावक र सामाजिक संस्थाहरुले सचेतना प्रदान गर्नुपर्ने भनाइ राखे ।

सो अवसरमा बोल्दै एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले साइबर थ्रेट विरुद्ध जोगिन जनचेतना तथा अभिमुखीकरण नै पहिलो र महत्वपूर्ण उपाय रहेको बताए । उनले बालबालिकाहरुलाई अनलाइन लतबाट बचाउन र नेपालको साइबर सेक्युरिटी फ्रेमवर्कको क्षेत्रलाई बलियो पार्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

टेक्सास इन्टरनेश्नल एजुकेशनल नेटवर्कका आइटी विभागका प्रमुख सुमन थपलियाले बालबालिकाहरुलाई सुरक्षित इन्टरनेट प्रयोगका सन्दर्भमा बेलैमा सचेत गराउँदा भविष्यमा हुनसक्ने साइबर अपराध र जोखिमको न्यूनिकरण हुने विचार राखे ।

कार्यक्रममा डब्लुआइआइटी नेपालकी भाइस प्रेसिडेन्ट शिला कार्की कंसकार, एनपी सर्टका कार्यसमिति सदस्य सुरेश भण्डारी, सिएसआरआई नेपालका महासचिव डिल्ली चौधरी, एसआइसिटी नेपालका महासचिव शिव बस्नेत लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सह-आयोजकमा डब्लुआईआईटी रहेको थियो भने सहयोगीहरुमा वान कभर र आइसिटी फ्रेम रहेका थिए । कार्यक्रममा एक सयजना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here