१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

Nepal Rastra Bank selling 10 billion development bonds
NRB to selling development bonds worth Rs 10 billion

१७ जेठ, काठमाडौं । 

नेपाल  राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र ०८५ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि पाँच वर्ष छ ।

उक्त विकास ऋणपत्रको बोलकबोल जेठ १८ र निष्कासन जेठ १९ गते हुने राष्ट्र बैंकले जनाएको छ । जेठ १९ गते निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८५ जेठ १९ गते हुनेछ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रको व्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने जनाएको छ ।

इच्छुकले जेठ १८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५ करोड (८५ प्रतिशत) र १ अर्ब ५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदर भन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने बैंकले जनाएको छ ।

ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ । निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

खरिदकर्ताहरूले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष माग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here