नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीद्वारा न्युजलेटर अनावरण

२३ जेठ, काठमाडौं ।

नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक एन.आई.सी.सी.आई. दिवस २०२३ को घोषणा गरेको छ । सो अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको उक्त संस्थाले जानकारी दिएको छ ।

इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए। एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार “एन.आई.सी.सी.आई. दिवस २०२३” ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर प्रदान गरेको छ। यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतीक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गरे।

यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ।

कार्यक्रममा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रमुख अतिथिको आथित्य ग्रहण गरेका थिए । कार्यक्रममा राजदूत लुकाले इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्ने कुरालाई जोड दिँदै नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here