रोयल इन्फिल्ड बाइक विद्युतीय प्रणालीमा आउन तीन वर्ष लाग्ने

Royal Enfield Electric Bike
Share It On:

२२ जेठ, काठमाडौं ।

तीन वर्षभित्र रोयल इन्फिल्ड बाइक विद्युतिय सवारीमा रुपान्तरण हुने भएको छ।

रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले बाइक विद्युतिय सवारीमा लैजाने योजना पाइप लाइनमा रहेको र दुई तीन वर्षभित्रमा कार्यान्वयनमा आउने बताए।

प्रबन्ध निर्देशक लालले कम्पनीले विद्युतीय बाइक निर्माण गर्ने काम गरिरहेको तर अबको ३ देखि चार वर्षसम्म भने सार्वजनिक नहुने बताए। ‘हाल हामी इभीको क्षेत्रमा प्राविधिक अध्ययन तथा यसको विस्तृत विशेषज्ञतामा ध्यान केन्द्रित गरिरहेको छ।,’ उनले भने।

नेपालमा रोयल इन्फिल्डको औपचारिक एसेम्ब्लिङ प्लान्टको प्रारम्भ गर्न आएका उनले नेपालमै जडान भएको रोयल इन्फिल्डको दुई वटा मोडल सार्वजनिक गरेका थिए।

विद्युतिय सवारीमा साउन्ड नआउनेहुँदा केही सवारीको आकर्षण घट्ने भन्दै कृत्रिम साउन्ड समेत राखेका छन्। रोयल इन्फिल्डले के गर्छ?  सीसीओ गुलेरियाले आफ्नो कम्पनी प्राकृतिक स्वरूपमा विश्वास गर्ने भएकाले कृतिमतामा नजाने बताए।

रोयल इन्फिल्डले नेपालको वीरगन्जमा एसेम्बल प्लान्ट स्थापना गरेको छ जसले वार्षिक २० हजार वटा मोटरसाइकल तयार गर्न सक्छ।

हाल नेपालमा  क्लासिक ३५० र  स्क्रयाम-४११ नेपालमै एसेम्बल गरिएपछि मूल्य समेत घटेको छ। क्लासिक ३५० को नयाँ भर्सनको मूल्य ४ लाख ९९ हजार तोकिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *