उडिरहेको जहाजभित्र भिडियो र फोटो खिच्ने बुद्ध एयरका पाइलट परे कारबाहीमा

Buddha Air pilot faces action for capturing photos/videos during flight
Buddha Air pilot faces action for capturing photos/videos during flight

२३ जेठ, काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ ।

तीन दिनअघि प्राधिकरणमा उजुरी परेपछि अर्काे सूचना नआउन्जेल सम्मका लागि ती पाइलटलाई कारबाही गरिएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए ।

उडानको क्रममा टिकटक भिडिओ बनाउने, फोटो खिच्ने क्रम बढ्न थालेपछि प्राधिकरणले केही समय अगाडि नै यस्तो गतिविधिमा प्रतिबन्ध लगाएका थिए ।

जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै ‘एक्टिभ ड्युटी’ बाट हटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here