नेप्से परिसूचक २७४४ विन्दुमा झर्यो: आज कुन उपसमूहले कमाए, कुनले गुमाए?
१६ वैशाख, काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। मंगलबार २६.१६ अंकले घटेको बजार आज बुधबार पुनः २५.८१ अंकले ओरालो लाग्दै २७४४.४५ विन्दुमा ओर्लिएको छ।
३५१ कम्पनीको ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको आजको बजारमा व्यापार उपसमूहबाहेक अधिकांश समूहहरू राताम्मे देखिएका छन्। उत्पादन तथा प्रशोधन र हाइड्रोपावर क्षेत्रमा ठूलो गिरावट आउँदा ३० कम्पनीको मात्र सेयर मूल्य बढेको छ।
मुख्य तथ्याङ्कहरू
नेप्से परिसूचक: २७४४.४५ (२५.८१ अंकको गिरावट)
कुल कारोबार: ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँ
सर्वाधिक कमाउने: कर्पोरेट डेभलपमेन्ट बैंक (१३.८१% वृद्धि)
घटेका कम्पनी: २३५ वटा
नेप्से परिसूचकसँगै आज काराेबार पनि घटेकाे छ। यसदिन ३५१ कम्पनीकाे १ कराेड २१ लाख ३४ हजार ३६० कित्ता सेयर ४ अर्ब ९८ कराेड ६२ लाख ९४ हजार रूपैयाँकाे काराेबार भएकाे छ।
हिजाे ३४९ कम्पनीकाे १ कराेड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ कराेड १७ लाख २३ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
आज ३० वटा कम्पनीको शेयर बढेकोमा २३५ वटाको घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन । यसदिन कर्पाेरेट डेभलपमेन्टकाे सेयर मूल्य सर्वाधिक १३.८१ प्रतिशत बढेकाे छ।
For more: NEPSE Drops 2nd Straight Day


