गरिमा विकास बैंकका ग्राहकलाई ओम र कान्तिपुर डेन्टल हस्पिटलमा विशेष छुट
१६ वैशाख, काठमाडौं।
गरिमा विकास बैंकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटलमा विशेष छुट. गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को बेड शुल्कमा १५% तथा अन्य स्वास्थ्य सेवामा १०% सम्म छुट प्राप्त गर्नसकिनेछ । कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)ले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारा सहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।
गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकको मोबाईल बैकिङ् र डेविट÷क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित दुबै हस्पिटलहरुबाट सहजै छुट प्राप्त गर्नसक्नेछन् ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
For more: Garima Partner Om Hospital


