टेलिकमले परिवर्तन गर्यो रिङ व्याक टोन, दिन थाल्याे यस्ताे सन्देश

Nepal Telecom puts Corona Virus awareness message in ring tones
Share It On:

०६ चैत २०७६, काठमाडौं ।  

नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको र विषम परिस्थिमा कम्पनीका सेवा प्रयोगका लागि अपनाउन सकिने वैकल्पिक उपायका सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन÷प्रसारण गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।
प्रेस विज्ञप्ति
हाल नोबेल कोरोना भाइरस (COVID-19) महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठन (WHO) ले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ । सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।

यसैगरी कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले ग्राहकवर्गमा आह्वान गर्दछ ।

सो अनुसार कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गर्दछ । भुक्तानीका वैकल्पिक उपायहरु निम्न रहेका छन्ः (१) रिचार्ज कार्ड, (२) इलेक्ट्रोनिक भुक्तानी (एमपोस), (३) कम्पनीको वेबसाइट www.ntc.net.np तथा मोबाइल एप्लिकेसन, (४) ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बंैकिङ र (५) कुनैपनि बंैकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने ।
उक्त भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा÷इन्टरनेट आदि सेवाहरु उपयोग गर्न अनुरोध गर्दछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *