टेलिकमको ‘NT सूचनाको संसार’ सेवा मार्फत कोरोना सन्देश

Coronavirus disease 2019 (COVID-19

०६ चैत २०७६, काठमाडौं ।  

नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवा मार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारी मूलक उपयोगी सामग्री आफ्नो मोबाइल मार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।नेपाल टेलिकमले गत असार महिना देखि नै ‘NTसूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

नेपाल टेलिकमको मोबाइल मार्फत ३२१०० मा कल गरेर  नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here