ज्याकमा फाउंडेशन र अलीबाबा फाउंडेशनले डाक्टरहरू, मेडिकल प्रशासकहरू अनुभव बाड्दै

JACK MA FOUNDATION SHARES CORONAVIRUS-PREVENTION HANDBOOK

०७ चैत २०७६, काठमाडौं ।

ज्याकमा फाउंडेशन र अलीबाबा फाउंडेशनले डाक्टरहरू, मेडिकल प्रशासकहरू र स्टाफबाट प्राप्त मुख्य पाठहरू र अनुभव साझा गर्दै।  First Affiliated Hospital, Zhejiang University School of Medicine, FAHZU का डाक्टरहरू, अन्य मेडिकल प्रशासकहरू र स्टाफबाट केहि मुख्य पाठहरू र अनुभव साझा गर्दै छन्। झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिन का डाक्टरहरू चीनमा कोभीड १९ को उपचार र यसको प्रसारलाई सुस्त बनाउन महत्वपूर्ण भूमीका खेलेका थिये।

एक डिजिटल ह्यान्डबुकको रूपमा, चिकित्सा प्रशासकहरू र स्टाफले विश्वव्यापी रूपमा उनीहरूले बिरामीहरूको स्क्रीनिङ्ग देखि निदान र उपचार सम्महरेक चरणमा सिकेका कुराहरु साझा गरेका छन्।

५० दिनको अवधिमा १०४ बिरामीहरूलाई भर्ना गरेको थियो जसमा १०४ लाई को भीड १९ भएको पुष्टि भयो र त्यस मध्ये पनि ७८ जना गम्भीर रुपले बिरामी भएको पुष्टि भयो। नयाँ प्रविधिहरूमा लगानी र अग्रगामी प्रयासहरूको साथ, “फाहजु” ले कुनैपनि मेडिकल स्टाफमा संक्रमण, गलत निदान वा बिरामीको मृत्यु बिनानै यस स्वास्थ्य संकट पार गर्न सक्षम भयो।

यो ज्याकमा फाउन्डेशन र अलीबाबा फाउन्डेशनको आशा हो कि मेडिकल प्रशासकहरू र विश्वभरका कर्मचारीहरूले यस पुस्तिकालाई कोभीड १९ का बिरामीहरूको उपचारमा सहयोगी र उपयोगी पाउन्।

ज्याकमा भन्छन् “आज, विश्वव्यापी महामारीको फैलावट सँगै, यी अनुभवहरू चिकित्साकर्मीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण हतियार हुन्। हामी आशावादी छौं कि यस पुस्तिकाका साथ अन्य प्रभावित क्षेत्रका डाक्टर र नर्सहरूले उनीहरूको अनुभवबाट यो युद्धको सामना गर्न पाठ सिक्न सक्दछन्।”

चिकित्सा प्रशासकहरु र कर्मचारीहरु पुस्तिका डाउनलोड गर्न यस लिङ्कमा जान सक्दछन: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here