नेपाल टेलिकमद्वारा मनसुन अफर २०२६ सार्वजनिक: आकर्षक प्याकेज र सुविधाहरू
१२ साउन, काठमाडौं।
नेपाल टेलिकमले मनसुन अफर अन्तर्गत ग्राहकहरूका लागि विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू सार्वजनिक गरेको छ।
यस अफरमा केही थप सुविधाहरू सहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याइनुका साथै पहिलेदेखि उपलब्ध लोकप्रिय प्याकेजहरूलाई पनि निरन्तरता दिइएको छ।
पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ । ३७३ रुपैयाँमा ३० दिन समयावधि भएको प्याक अन्तर्गत ६ जीबी डाटा चलाउन, ४०० मिनेट अल–नेट भ्वाइस कल गर्न र ५० वटा अल–नेट एसएमएस पठाउन सकिने छ भने ४९९ रुपैयाँमा १० जीबी डाटा चलाउन, ५०० मिनेट अल–नेट भ्वाइस कल गर्न र १०० वटा अल–नेट एसएमएस पठाउन सकिने छ ।
पोस्टपेड मोबाइलका लागि लोकप्रिय सजिलो अनलिमिटेड प्याक अन्तर्गत थप सुविधा सहित ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ । त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, दैनिक १० जीबीका दरले ३०० जीबी डाटा र २५० एसएमएस उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस उपलब्ध हुनेछ ।
त्यसैगरी, अलि बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि १,४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस तथा १,९९९ रुपैयाँमा उपलब्ध हुने एक्जिक्युटिभ प्याक अन्तर्गत अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा उपलब्ध हुनेछ ।
प्रिपेड ग्राहकको हकमा डाटा प्याकतर्फ थप प्याकको रुपमा ९९ रुपैयाँमा १ दिन समयावधिको ८ जीबी डाटा प्याक र १९९ रुपैयाँमा ७ दिन समयावधि भएको २० जीबी डाटा प्याक उपलब्ध गराइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाइएको छ ।
यस अनुसार ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० अल–नेट एसएमएस प्राप्त हुनेछ भने १,४९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, मासिक ५०० जीबी डाटा र ३५० अल–नेट एसएमएसको सुविधा उपलब्ध हुनेछ । धेरै डाटा प्रयोगकर्ताका लागि यो प्याक फाइदाजनक हुनेछ ।
स्वतः नवीकरण हुने सब्स्क्रिप्सन प्याकेज अन्तर्गत नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ प्याक उपलब्ध भएकोमा अब नमस्ते रिकरिङ ६९९ प्याक समेत उपलब्ध हुनेछ । त्यसैगरी, कर्पोरेट युजर ग्रुपका लागि उपलब्ध सीयूजी (CUG) प्याकेजमा समेत नयाँ आकर्षक प्याकहरु बनाइएको छ ।
नेपाल टेलिकमको नमस्ते क्रेडिट (सापटी) सेवामा समेत परिमार्जन गर्दै साउन १५ गतेदेखि ३० रुपैयाँ पुर्याइएको छ, जुन प्रिपेड ग्राहकले *1477# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत लिन सक्नेछन्।
यो मनसुन अफर साउन १२ गतेदेखि लागू भइसकेको छ भने ग्राहकले *1415# डायल गरेर, नेपाल टेलिकम एप प्रयोग गरेर वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत यससम्बन्धी विस्तृत जानकारी लिई सेवा लिन सक्नेछन्।
For More: Nepal Telecom Monsoon Offer

