भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

NTC Data Roaming Tariff
Share It On:

१९ कात्तिक, काठमाडौँ ।

नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शक्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गर्दछ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराइन्छ ।

यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछ।

सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा उपलब्ध गराइएको छ ।

यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ।

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi सेवा उपलब्ध गराइनेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *