एनसेलले गर्‍यो भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग, ४० लाखको भ्वाइस र डाटा निःशुल्क

Ncell Defamation
Ncell recognised for its contribution in solving crime investigations

१९ कात्तिक, काठमाडौँ ।

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई रु ५० लाख तत्काल सहयोग, तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई रु ४० लाख ब्यालेन्स बराबारको सेवा निःशुल्क प्रदान

एनसेल आजियाटा लिमिटेड हिजो शुक्रबार रातीको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको जानकारी गराउँन चाहन्छौं ।

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं ।

यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने छ ।

एनसेलको बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here