प्रविधीको माध्यमबाट शिक्षण प्रकृयालाई निरन्तरता दिन आव्हान

current cyber security issue by Nepal e-governance Society

शुक्रबार, वैशाख १२, २०७७

नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण सिङ्गो मानवजाती संघर्षरत रहेको यस संकटको घडीमा हाम्रो देश पनि अछुतो नरहेको र विश्वका अन्य मुलुक जस्तै नेपाल पनि यो महामारीका विरुद्ध तदारुकताका साथ लडिरहेको सर्वबिदितै छ। सबैको साथ, सहयोग र सहकार्य बाट नै विपत्तीको सहज सामना गर्न सकिन्छ। विपत्तीको यस घडीमा नेपाल सरकार, संघसंस्था, स्वास्थ्यकर्मी, सुरक्षा निकायहरूले अपनाएको  क्रियाशिलता तथा आम जनमानसले अपनाएको सतर्कता र सचेतना सराहनीय छ।

नेपाल पनि विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को  उच्च जोखिममा रहेको छ। सम्भावित जोखिम न्युनिकरण तथा जनधनको न्यूनतम क्षति कायम गर्न नेपाल सरकारद्वारा हाल जारी लकडाउन लामो समय लम्बिने तथा तत्पश्चात पनि न्यूनतम सामाजिक दूरी कायम राख्नुपर्नेकारण मानिसहरूको भिडभाड तथा जमघट हुने क्रियाकलापमा बाधा पर्न सक्ने अवस्थाले शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पर्ने अवश्यम्भावी छ। लामो समय शैक्षिक क्रियाकलाप बन्द हुँदा विधार्थीहरुको पढाइमा वाधा पुगी विधार्थीहरुको भविष्य तथा समग्र राष्ट्रको जनशक्ति विकासमा दीर्घकालीन प्रभाव पर्ने देखिन्छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको यस विषम परिस्थितीमा तत्काल शिक्षण संस्थाहरु खुल्ने सम्भावना न्युन रहेको अवस्थामा अहिलेको सुचना तथा संचार प्रविधिको युगमा शिक्षण संस्थाहरुले प्रविधीको माध्यमबाट शिक्षण प्रकृयालाई निरन्तरता दिन र विधार्थीहरुको सिक्न पाउने नैसर्गिक अधिकार सुनिश्चित गराउन नेपाल ई-गभर्नेन्स सोसाइटी आव्हान गर्दछ।

Nepal E-governance Society

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here