एनसीएचएल HRM Awards for Corporate Excellence 2022 बाट सम्मानित

HRM Awards Nepal

१५ पुस २०७९, काठमाडौं।

Corporate Club Nepal द्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको ”The HRM Awards for Corporate Excellence 2022” अन्तर्गत FinTech को विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई अवार्ड प्रदान गरी सम्मानित गरिएको छ ।

पौष १४ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो ।

डिजिटल रुपान्तरणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तरर्बैंक विद्युतीय भुक्तानी, connectIPS, connectRTGS, National Payments Interface (NPI), CORPORATEPAY र Retail Payment Switch अन्तर्गत NEPALPAY QR  लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ ।

The HRM Awards for Corporate Excellence 2022 ले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here