क्लासिक टेक पब्लिक लिमिटेड कम्पनी मा जाने अन्तिम तयारीमा

Classic Tech offer
Share It On:

१४ पुस २०७९, काठमाडौं।

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि अब पब्लिक  लिमिटेड  कम्पनी मा जाने अन्तिम  तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको  छ। कम्पनी पब्लिक लिमिटेड मा रुपान्तरण भएपछि सर्व साधारण हरुका लागि सेयर (IPO ) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी  हो ।

हाल सम्म ७४ जिल्लाका  १०६ आउटलेट तथा साखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

यस सँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रोजगारी प्रदान गर्दै आएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts