सामसङ नेपाल सँगको साझेदारीमा दराजले सामसङ ग्यालक्सी नोट १० लाइट लन्च गर्दै

Daraz's Samsung online store has all the new and latest 2020 Samsung products

माघ २७, २०७६, काठमाण्डौं, नेपाल
नेपालको अग्रणी अनलाइन् शपिङ्ग गन्तव्य, दराजले सामसङ नेपाल सँग मिली फेब्रुअरी १२ मा सामसङ ग्यालक्सी नोट १० लाइटको “लन्च” गर्ने भएको छ। यस प्रीमियम फीचर फोनको मूल्य यूरोपियनब जारमा ६२७ यूरो (रु ७८,३००) रहेको छ, जबकि दराजले सामसङ नेपालसँगको साझेदारीमा यो फोन विशेष रूपमा रु ५९,९९९ अर्थात“ विश्वको सबै भन्दा राम्रो मूल्य” मा लन्च गर्ने भएको छ ।
ग्राहकहरूले ग्यालक्सी नोट १० लाइटमा नेपाल भर निःशुल्क शपिंग गर्न पाउने छन् तथा ग्राहकहरूले रु ३,५०० पर्ने “सामसङ स्मार्ट फ्लिप कभर” केवल रु १,००० मा खरिद गर्न सक्ने छन् । त्यति मात्र नभई, पहिलो ५० ग्राहकहरुले “एक्युरेटको वायरलेस ब्लुटुथ नेप इयरडट्स्” निःशुल्क पाउने छन्। यस बाहेक, ग्राहकहरूले शान्ग्रीला होटलमा खाना र पेय पदार्थहरूमा २०% छुटको मज्जा लिन सक्छन्।
ग्यालक्सी नोट १० लाइटको विशेषता
सामसङ ग्यालक्सी नोट १० लाइट इन्फिनिटी ओ डिस्प्ले, ट्रिपल रियर क्यामेरा, र एस पेन स्टाइलसको साथ आउँदछ। यस फोनमा २५ वाटको सुपर फास्ट चार्जिंगको साथ ४५०० एमएएच को विशाल ब्याट्री रहेको छ । यो एक्सीनेक्स् ९८१० द्वारा संचालित छ र यसमा ८ जीबी ¥याम र १२८ जीबी रोमछ। माइक्रोएसडी कार्ड मार्फत रोम १ टिबी सम्म थप्न सकिन्छ। यस डुअल सिम (न्यानो) स्मार्टफोेनमा १०८०, २४०० पिक्सलको ६.७ इन्च फुलएचडी इन्फिनिटी ओ सुपर आमोलेड डिस्प्ले रहेको छ। फोनमा एन्ड्रोइड १० को “अपरेटिङ सीस्टमको” साथ सामसङ वान “युजर इन्टर्फेस” रहेको छ।

फोटो र भिडियोहरूको लागि, ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ जसमा “डुअल पिक्सेल अटो फोकस, एफ÷१.७ लेन्स, र अप्टिकल इमेज स्टेबलाइजेसन ”भएको “फ्ल्यागशिप” स्तरको १२ मेगापिक्सल सेन्सर रहेको छ। साथै “एफ÷२.२ वाइड एंगल लेन्स, एफ २.४ टेलिफोटो लेन्स,अप्टिकल इमेज स्टेबलाइजेसन र २ ह्म्याग्नि फिकेशनको अप्टिकल जूम ”रहेको अर्को १२ मेगापिक्सल सेन्सर पनि रहेको छ। साथै एफ÷२.२ लेन्स भएको “३२ मेगा पिक्सलको सेल्फी क्यामेरा ”पनि छ।
उक्त साझेदारीको बारेमा बोल्दै दाराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने, “नेपालमा सामसङ ग्यालेक्सी नोट १० लाइटको लन्चमा विशेष अनलाईन साझेदार हुन पाउँदा हामीलाई ठूलो खुशी छ। एक प्रमुख ईकमर्स कम्पनीको रूपमा, यो जस्तै धेरै भन्दा धेरै राम्रा अफर, सेवा, तथा उत्पादनहरु प्रदान गर्ने लक्ष्य राख्छौं। यस्तो साझेदारीहरुले नेपालको ईकमर्स उद्योगको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले हामी आगामी दिनमा अझ बढी रणनीतिक साझेदारी स्थापना गर्न जारी राख्ने छौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here