खल्तीमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड लिङ्क गर्दा रु. १०० बोनस र स्मार्टफोन

Khalti Enabled NCC Bank in Bank

८ जेठ २०७९, काठमाडौं ।

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ । यस सुविधा सुचारु भए लगत्तै  खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन्।

पहिलो पटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन्।

त्यति मात्र नभएर , एनसीसी बैंक लिमिटेडले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ । यी सेवाहरू मार्फत प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेडको इबैङ्किङ र एमब्याङ्किङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्नेछन्।

आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि बोनस र स्मार्टफोन दुबै लागू हुनेछ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्छ।

साथै, एनसीसी बैंक वा खल्तीमा उपलब्ध अन्य कुनै पनि बैंकलाई पहिलो पटक लिङ्क गर्न रिफर गर्ने  जो कोहीले पनि बैंक रेफरलमा रु.५० प्राप्त गर्न योग्य हुनेछन्।

बैंक लिङ्क सेवाले प्रयोगकर्ताहरूलाई वालेट लोड नगरी सजिलै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ, स्क्यान र भुक्तानी, र अन्य उपलब्ध सेवाहरू जस्ता प्रत्यक्ष बिल भुक्तानी गर्न सकिन्छ।

यी सेवाका साथै अफरको बारेमा ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्नुहुन्छ।

“खल्ती र एनसीसी बैंकका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभान्वित हुनेमा हामी विश्वस्त छौं। एकपछि अर्को गर्दै, हामी प्रत्येक बैंक-सम्बद्ध प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराएर डिजिटल भुक्तानीलाई सरल र सहज बनाउने लक्ष्य राख्नेछौं।”

नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेडसँगै २० वटा भन्दा बढी बैंकलाई खल्तीसँग जोड्न सकिन्छ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।

२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here