रोल्याण्ड गार्रोस र ओपोद्वारा टूर्नामेन्ट्सका लागि प्रिमियम पार्टनरशिपलाई निरन्तरताको घोषणा

OPPO Partnership for Tournaments
Share It On:

१० जेठ २०७९, काठमाडौं ।

फ्रन्च टेनिस फेडरेशन र विश्वस्तरमा अग्रणी प्राविधिक कम्पनीः ओपो, सन् २०१९ देखि रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनरद्वारा आफ्नो पार्टनरशिप सम्झौता थप दूई एडिशन (२०२२ र २०२३) का टूर्नामेन्ट्सका लागि थप गरिएको घोषणा गरेका छन् ।

“नवप्रबर्तनको हाम्रो चाहनाका साझेदार, विश्वासिलो पार्टनर, ओपो सँगको यो सम्झौता नविकरण गर्न पाउँदा एफएफटी निकै हािर्षत छ । अन्तराष्ट्रिय ब्राण्डसँगको यो साझेदारीले रोल्याण्ड गार्रोसको प्रभाव विश्वब्यापी स्तरमा पु¥याउने रणनीतिलाई थप बल मिलेको छ”, एफएफटीका अध्यक्ष, गिलिस मोरेटनले घोषणा गरे ।

“प्यारिसियन ग्राण्ड स्ल्याम र ओपो बीचको यो सहकार्य नवप्रवर्तन तथा प्रविधि माथि केन्द्रित छ । रोल्याण्ड–गार्रोस र ओपो दुबै प्रयोगकर्तालाई इष्टतम अनुभव उपलब्ध गराउन आफुलाई निरन्तर परिस्कृत गरिरहने समान मूल्य, मान्यता र लक्ष्य बोकेका छन् ।

ओपोले भर्खरै आफ्नो नयाँ ब्राण्ड प्रस्ताव, “इन्स्पिरेशन अहेड” सार्वजनिक गरेको छ । यो प्रस्ताव रोल्याण्ड–गार्रोसको नयाँ सिग्नेचर,“मूभ दि लाइन्स विथ स्टाइल”लाई प्रत्यक्षरुपमा थप सार्थकता र बल प्रदान गर्ने देखिन्छ ।

“इन्स्पिरेशन अहेडको अर्थ भविष्यका यात्रामा शान्तिका साथै आत्मविश्वासका साथ अघि बढ्नु हो । यसले हामीलाई बाधा अड्चनसंग दृढताका साथ साहसी भई लड्न र र स्थिरता तोड्न उत्प्रेरित गर्दछ ।

प्रतिस्पर्धाहरुमा सहभागिता ओपोका लागि हाम्रा पारस्पर उत्प्रेरणादायी भावना आदान प्रदान गर्न तथा आफ्ना प्राविधिक नवप्रबर्तनात्मक अनुभव हाम्रा विश्वब्यापी प्रयोगकर्ताहरु माझ पस्कनका लागि धेरै लाभदायक छ”, ओपोको ग्लोबल मार्केटिङ्गका अध्यक्ष, विलियम ल्यूले भने “लगातार चौथौँ बर्षका लागि प्रिमियम पार्टनरका रुपमा ओपो, आफ्ना पृथक इमेजिङ्ग प्रविधि मार्पmत टेनिस कोर्टमा अवलोकन, दृष्य कैद गर्न र सहभागिता जनाउँदै नयाँ प्रेरणादायी कार्यहरु गर्न चाहन्छ ।”

सन् २०२२ टुर्नामेन्टको फ्रेमवर्क मातहत (१६ मेँ देखि ५ जुन सम्म) मा ओपोले स्टेडियम शो कोर्टको उत्साहजनक भिजिविलिटीको सदुपयोग गर्दै “आरजी ह ओपो फोटो ग्यालरी”, विशेषतः ओपोको नयाँ फ्ल्यागशिप उपकरण: फाइन्ड एक्स फाइभ प्रो मार्फत कैद गरिएका तस्विरको डिजिटल प्रदर्शणी सार्वजनिक गर्नेछ ।

यसले फाइन्ड एक्सफाइभ प्रोको अदृतिय इमेजिंग क्षमता उजागर गर्नेछ । यी तस्विरहरु रोल्यान्ड गार्राेस प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्नका लागि स्टेडियममा आउने दर्शकहरुले पनि प्रत्यक्ष हेर्न पाउन् भन्ने सोचका साथ टुर्नामेन्ट स्थलमा पनि प्रदर्शित गरिनेछ ।

यो बर्षपनि ओपोले “शट अफ दि डे” अर्थात्, हरेक दिनको बेष्ट शट वा ¥यालीको एक भिडियोका लागि सहकार्य गर्नेछ । यो भिडियो टुर्नामेन्टका विभिन्न डिजिटल प्ल्याटफर्महरुका माध्यमबाट पोष्ट गरिनेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts