द-बङ टुर रिलोडेडको टिकट ग्यापु मार्फत किन्दा घरैमा डेलिभरी हुने

Bang Tour
८ जेठ २०७९, काठमाडौं ।
लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।
दर्शकले gyapu.com बाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ ।
यस्तै, ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको छ ।
‘द-बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा  आयोजना हुनेछ ।
सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समुह आउने भएका छन् । साथै नेपाली कलाकारहरूको पनि उपस्थिती रहनेछ । उक्त मनोरञ्जनात्मक कार्यक्रममा नृत्य र गीतसंगितको भरपुर मजा लिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here