एकैदिन नबिल बैंकको थप ३८ नयाँ शाखा 

Nabil Bank inaugurated 38 new branches across the country
Nabil Bank has launched 38 new branches at once. After crossing 38 years of its establishment

१९ जेठ, काठमाडौं । 

नबिल बैंक लिमिटेडले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार  विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्‍घाटन गरेको हो ।

‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको उल्लेख छ ।

त्यस्तै, कोसी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यलले आठ वटा र बैंक निर्वाण चौधरीले आठ वटा शाखाहरू उद्घाटन गरेका हुन् । त्यस्तै बैंक सञ्चालक आशा राणा अधिकारीले आठ र बैंक सञ्चालक अनन्त पौडेल र प्रविन टिवडेवालाले ७/७ वटा शाखा उद्घाटन  गरेको बैंकले जनाएको छ । ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै उपः प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले अहिले उद्घाटन गरेको ३८ शाखा सहित हालसम्म बैंकको २५५ शाखा कार्यलय पुगेको बताए । पिछडिएका स्थानमा समेत नबिलको हरेक बैंकिङ सेवा पुर्याउने उद्धेश्यले उक्त ३८ शाखा सञ्चालनमा लयाएको बैंकको भनाइ छ ।

डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा र कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको छ । बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको बैंकले जनाएको छ । यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

#NabilBank #TogetherAhead

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here