नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता

Nepal and India to Signed Agreement for Cross-Border Digital Payments
Nepal and India to Signed Agreement for Cross-Border Digital Payments

१८ जेठ, काठमाडौं । 

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच डिजिटल भुक्तानीको समझदारी भएको हो ।

दुई प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र एनपिसिआइ इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाबीच सम्झौता पत्र आदान–प्रदान भएको हो।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यो सम्झौता भएको हो। ‘यो सम्झौताले विद्यार्थी, तिर्थयात्री र उपचारमा आउने बिरामीलाई सजिलो हुने भएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले भने।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले भने, ‘यो सम्झौताले नेपालबाट भारत जाने वा त्यहाँबाट यहाँ आउनेले सहज रूपमा कारोबार गर्न सक्नेछन्, दुवै देशका नागरिकले आफ्नै मुलुकबाट समेत एक अर्को देशबीच भुक्तानी गर्न सक्नेछन्।’

यो सम्झौताले नेपाल र भारतको भुक्तानी प्रणाली एकीकृत (इन्टिग्रेटेड) हुने पौडेलले बताए । भारत र नेपालमा क्युआर कोडको माध्यमबाट पनि भुक्तानी सहज हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here