सनराइज बैंकको ‘Sunrise Popcorn Mania’  योजना 

Sunrise Popcorn Mania offer

०१ फाल्गुन २०७६, काठमाडौं ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले QFX Cinemas सँग सहकार्य गरी ‘Sunrise Popcorn Mania’  नामक योजना ल्याएको छ । फाल्गुन २, देखि तीन महिना सम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका ग्राहकले QFX Cinemas का सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा Popcorn निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सन्राइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी QFX Cinemas स्थित Point of Sale (POS) टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ । प्रति कारोबार अधिकतम पाँचवटा सम्म (Popcorn) निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सन्राइज बैंकले केहि वर्ष अगाडी पनि QFX Cinemas को २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।

सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल र Team Quest Pvt. Ltd   को प्रमुख कार्यकारी अधिकृत श्री रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटल, अस्पताल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, Cash back योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ । यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here